दाङ, १७ कात्तिक । तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमका सञ्चालक समितिका अध्यक्ष तथा संचार उद्यमी नारायण प्रसाद खनाललाई मातृशोक परेको छ । अध्यक्ष खनालकी आमा भगवतीदेवी खनालको हिजो दिउँसो काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
८६ वर्षीया भगवतीदेवी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित रहनु भएको थियो । स्वर्गीय भगवतीदेवीको अन्त्येष्टि धार्मिक परम्परा अनुसार चितवनको देवघाटमा गरिएको परिवार स्रोतले जनाएको छ । यसैबीच, रेडियो प्रकृति एफएमले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
रेडियो प्रकृति एफएमका उपाध्यक्ष रामप्रसाद चालिसे, सचिव मेघराज भुसाल र स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतद्धारा जारी शोक विज्ञप्तीमा भगवतीदेवी खनालको असामयिक निधनले सम्पूर्ण रेडियो परिवार स्तब्ध र मर्माहित भएको उल्लेख गरिएको छ ।
“रेडियो प्रकृति एफएमका अध्यक्ष नारायण प्रसाद खनालकी ममतामयी आमा भगवतीदेवी खनालको असामयिक निधनले सम्पूर्ण रेडियो परिवार स्तब्ध र मर्माहित भएको छ । उहाँको समाजप्रतिको समर्पण, धार्मिक आस्था र जीवन दर्शनले हरेक सन्तानका लागि प्रेरणाको स्रोत बनेको छ । हामी स्वर्गीय खनालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं।” विज्ञप्तीमा भनिएको छ ।


