२०८२ कार्तिक २१ गते शुक्रवार

सडकबाट खोल्सामा गाडी खस्दा ३ जनाको मृत्यु

काठमाण्डौँ, १२ कात्तिक ।  पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् ।

आज बुटवलबाट पाल्पाको रैनादेवी छहराको मेहलढापतर्फ गुडीरहेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट झन्डै दुई सय मिटर तल खोल्सामा खसेको छ । अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया