दाङ, ११ कात्तिक । सल्यानमा यात्रु बोकेको फोर्स गाडी पल्टिँदा ३ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत जिल्लाको बागचौर नगरपालिका–.४ बाङ्गेलाखुरी स्थित सडक खण्डमा दुर्घटना हुँदा दार्मा गाउँपालिका– ५ बस्ने वर्ष ३३ को बुद्धिमान केसी, वर्ष ६१ की रत्न कुमारी वली र वर्ष .५० की टेक कुमारी वली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्लामै सामान्य उपचारपछि घर फर्किएका छन् ।
नेपालगन्जबाट सल्यानको अर्वारे फारुला तर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नं.को फोर्स गाडी आज बिहान ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिनुभयो । गाडी सडक देखि ७ मिटर तल खसेको छ । गाडीमा १४ जना यात्रु सवार थिए ।
प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार


















