घोराही उपमहानगरकी उपमेयर डिसीले दिइन् राजीनामा

दाङ, २५ भदौ। घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन्। एमालेबाट निर्वाचित डिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन्।

राजीनामासँगै उनले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया