२०८२ असोज २६ गते आइतवार

थारु समुदायको पर्व अट्वारीमा अग्रासन दिने चलन हराउँदै

आज अट्वारी पर्वको दोेस्रो दिन पनि थारु समुदायमा हर्षोल्लासका साथ मनाइदै छ । आजको दिन थारु समुदायका पुरुषहरु विवाहिता चेलीवेटीको घरमा अग्रासन दिन जाने चलन अनुसार अग्रासन दिन जाने गर्दछन् । यस समुदायको  पर्व अट्वारीमा दाजुभाईले आफूले खानुभन्दा पहिले नै दिदीबहिनीका लागि छुट्याएको अग्र भाग (अग्रासन) दिने चलन विस्तारै हराउँदै गएको छ । तुलसीपुर उपमहानगरपालिका १० का लाल बहादुर चौधरीले आपm्ना चेलीबेटी दिदीबहिनी फूपुहरुलाई अग्रासन दिन जान छोडेको ६र७ वर्ष भइसकेको बताउनुभयो । अग्रासन दिन जानु पर्ने २ जना फूपु र २ दिदी जना दिदी छन् । दुरीका हिसावले सबैको घर टाढा नै छ । त्यसैले जादैँन, उहाँले भन्नुभयो । पहिले दिने जाने गरेको अग्रासन आजभोली घरमा एक्लो भएका कारण सबै ठाउँ एक्लै पुग्न नसक्ने भएकाले दिन जान छोडेको उहाँको भनाइ छ । मलाई कुनै दिदीबहिनीको मन दुखाउनुछैन, सबै दिदीबहिनी, फूपुहरु मेरो लागि समान हुनुहुन्छ त्यही भएर कसैको मन नदुखाउने उद्देश्यले सबैठाउँ अग्रासन लिएर जान छोडेको लाल बहादुरले बताउनुभयो ।

 

यस्तै तुलसीपुर उपमहानगरपालिका १० कै सुमन चौधरीले पनि अग्रासन लिएर जान छोडेको ५।६ वर्ष भइसकेको बताउनुभयो । उनीहरु जादैँनन् त भइहाल्छ हामी पनि किन जानु पर्यो, अट्वारी सबैको घरमा हुन्छ, सबैको घरमा एकै किसिमका खानेकुराहरु हुन्छन्, आप्लनो घरमा खाइहाल्छन् नि भनेर अग्रासन दिन छोडेको बताउनुभयो । दाजुभाईले दिदीबहिनीलाई स्वच्छ मनले सम्झेर आफूले खानु भन्दा पनि पहिले नै छुट्याएको भाग दिने चलन हराउनुमा धेरै कारणहरु रहेको थारु अनुसन्धाता रोहित थारुले बताउनुभयो । ‘अग्रासनलाई खाने कुराको परिभाषाका रुपमा मात्रै लिइयो, यसको खास महत्व नै बुझेनन्, उहाँले भन्नुभयोे । थारुहरुको पुरानो चलन हराउँदै जानुमा संस्कृतिक रुपमा आएका स्खलन पनि रहेको उहाँको भनाई छ । उनका अनुसार आफ्नो संस्कृति भन्दा पनि गैर थारुहरुको संस्कृति परम्परालाई अंगाल्दै जानुले पनि यस्तो विचलन आएको हो ।

 

आफू कुन समुदाय, कुन संस्कार संस्कृतिबाट जन्मिएको, हुर्किएको भन्ने कुरा नै नयाँ पुस्ताले विर्सिदै छन्, उहाँले भन्नुभयो । बोकेर दिन जाने चलनलाई अहिलेको समयमा संकोच मान्ने, अर्को समुदायले पनि किन दिन जाने उनीहरुको घरमा पनि त खानेकुरा हुन्छ नि भन्दा आफैलाई ग्लानि हुनु जस्ता कारणले अग्रासन दिने चलनसँगसँगै अग्रासनको महत्व पनि हराउँदै गएको बताउनुभयो । ‘पुराना पुस्ताले पनि यसको बारेमा नयाँ पुस्तालाई अग्रासनबारे जानकारी नगराउने, चर्चापरिचर्चा नगर्ने, महत्वबारे नबुझाउने जस्ता कारणले नयाँ पुस्तामा चलन त होनि जे गरे पनि हुन्छ भन्ने जस्तो मानसिकता विकसित भयो, यही मानसिकताले नै पश्रय पायो’, उहाँले भन्नुभयोे । नयाँनयाँ संस्कार संस्कृतिहरुलाई देखासिकीको भरमा अंगाल्ने न आप्mनो मौलिक परम्परागत चालचलन छोड्दै गइरहेको परिस्थिति अहिले मौलाएको छ । त्यसैले आप्mनो पनलाई जोगाउन संस्कार, संस्कृतिप्रतिको सम्मान आदरभाव आफैले गर्नु पर्ने उहाँको धारणा छ ।

 

पहिले एक जिल्लाबाट अर्को जिल्लामा पनि अग्रासन दिन आउने जाने गर्थे तर अहिले यातायातको सुविधा छ । चाहेपछि जान सकिन्छ तर यो नचाहेर नै यो चलन हराउँदै गएको थारु बुद्धिजीवी छोटीलाल थारुले बताउनुभयो । एक पुस्तापछि अर्को पुस्तामा जाँदा नयाँ पुस्ताले यस्तो नगरे पनि हुन्छ भन्ने मानसिकताले ठाउँ पाएका कारण यस्तो भएको उहाँको बुझाई छ । पछिल्लो समय समय परिवर्तनसँगै सबै जना आआफ्नै काममा व्यस्त हुने भएकाले पनि अग्रासन दिने चलन हराउँदै गएको होकि भन्ने कतिपयले भन्ने गरेको उहाँले बताउनुभयो । अग्रासन दिने चलन हराउँदै जाँदा दाजुभाई र दिदीबहिनी विचको सम्वन्धको दुरी पराइ बनाउँदै गएको छ । त्यसैले जे जस्तो भए पनिे अग्रासन दिने चलनलाई लोप हुन दिनुहुदैन । युवा पुस्ताले नै यस्को खोजीनिति गर्न र अग्रासनलाई निरन्तरता दिन आवस्यक छ ।

 

अट्वारीको सार्वजनिक विदा कुनै भित्ते पात्रोमा लिखित रुपमा छैन
थारुहरुको अट्वारी पर्व र पर्वको दिन सार्वजनिक विदा हुनुपर्छ भनेर कुनै भित्ते पात्रोमा लिखित रुपमा आएको देखिदैन । आजको आधुनिक यूगमा पनि भित्तेपात्रोमा अट्वारी पर्वको मिती घोषणा गर्न नसकेको अवस्था छ । राज्यसंग माग नगरिएको होइन विदाको माग गरिएकै हो तर माग मात्रै गर्नै दवावमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वको दिनको विदालाई भित्तेपात्रोमा नसमेटिएको थारु अगुवाहरुले बताउँछन् । थारु बाहुल्यता रहेका जिल्लामा थारुहरुले माग गर्दा अव थारु बाहुल्यता रहेको जिल्लामा प्रदेश सरकार र स्थानिउ सरकारले विदा दिने गरेको छ । लुम्बिीनी प्रदेशका दाङ, बाँके, वर्दिया, कपलिवस्तु, रुपन्देही लगायत ६ जिल्लामा सार्वजनिक विदा दिइएको छ । यसै गरी सुदुरपश्चिमका थारु बाहुल्यता रहेको कैलालस्, कञ्चनपुर , सुर्खेतमा पनि सार्वजनिक विदा दिइएको छ । प्रदेश र स्थानिय सरकारले विदा दिए पनि अझै एउटा विज्ञप्तीकै आधारमा थारुसमुदायको पर्वलाई राज्यले हेरिरहेको छ ।।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार
प्रतिक्रिया