काठमाडौं, ३ साउन । दाङका संचार उद्दमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाएका छन् । रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कार्वाही गर्नु राज्यको कर्तव्य भएको भन्दै संचार उद्दमी हेमराजका हत्याराको पहिचानगरी कार्वाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्वता जनाउनुभयो । हत्याराको पहिचान गरी कार्वाही गरिने उहाँले बताउनुभयो । १५ वर्षसम्म पनि संचार उद्दमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो । गृहमन्त्री लेखकले भन्नुभयो, ढुक्क हुनुस, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कार्वाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।
यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले गरिरहेको छ । सिआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाई पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।