काठमाण्डौ, २ जेठ । कपिलवस्तुमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गएको छ । कारको ठक्करबाट अन्दाजी ६०–६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
आज बिहान करिब पौने ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । प्रहरी निरीक्षक शर्माका अनुसार कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।