२०८३ कार्तिक ९ गते आइतवार

सगरमाथामा एक जना आरोहीको ज्यान गयो

काठमाण्डौ, १ जेठ । सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ । हिजो बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका नागरिक ४५ वर्षका पुरुषको राति ज्यान गएको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार हिजो बेलुका ८ बजेतिर थकित रूपमा चौथो शिविर पुगेका राहदानी नम्बर पी–६११२७८५–ए भएका ४५ वर्षीय फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर ज्यान गएको हो । उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।