२०८३ कार्तिक ९ गते आइतवार

एरावती आदर्श बहुमुखी क्याम्पसमा वसको माग गर्दै आन्दोलन

तुलसीपुर, ३१ वैशाख । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको एरावती आदर्श बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यार्थीहरुको सहजताका लागि वसको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको हो । वैशाख २५ गते बुझाएको ध्यानाकर्षण पत्रको सुनुवाई नभएपछि आज फेरी स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरुले शान्तिपूण आन्दोलन पनि गरेका छन् । क्याम्पस प्रांगणमा विद्यार्थीहरुले आन्दोलन गरेका छन् । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने स्ववियुले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसका विद्यार्थीको सहकार्यमा विगत लामो समयदेखि पटकपटक छलफल गरेर वस संचालनमा ल्याउने भने पनि कार्यान्वयन नभएपछि उनीहरु आन्दोलिन हुनुु परेको स्वतन्त्र विद्यार्थी युनियन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष विनोद कुमार सोनीले जानकारी दिनुभयो । सो ध्यानाकर्षण पत्र बुझ्दै निमित्त क्याम्पस प्रमुख चन्द्रप्रकाश ओलीले नयाँ बस सञ्चालनमा नआउँदासम्म थप बस भाडामा  भए पनि आगामी जेठ ४ गते देखि बस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ।।आदर्श बहुमुखी क्याम्पसमा वसको माग गर्दै ध्यानाकर्षण

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।