२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुर १० को पड्ढा र नयाँगाउँ जोड्ने बाटोमा पक्की कल्भट निर्माण

तुलसीपुर, ३० वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० को पड्ढा र नयाँगाउँ जोड्ने बाटोमा पक्की कल्भट निर्माण भएको छ । वडा कार्यालयको २ लाख बजेटमा ९ मिटर लम्बाइ, २ मिटर चौडाइ भएको कल्र्भट निर्माण गरिएको वडा अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । कल्र्भट नहुँदा विगतमा वर्षायाममा पानी जम्मा हुने र बगेर जाने नाला सानो हुँदा समस्या थियो ।   अव भने वर्षामा आवतजावत गर्न सहज हुने भन्दै स्थानियहरु खुशी भएका छन् । नयाँगाउँ देखि पड्ढा हुँदै वडा कार्यालय जाने बाटो जोड्ने सो कल्भर्ट निर्माण भएपछि पड्ढा र नयाँगाउँ वासी लगायत सो बाटो भएर आवतजावत गर्ने सम्पूर्ण नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको स्थानिय धर्म केसीले बताउनु भयो ।।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।