२०८३ कार्तिक ९ गते आइतवार

१ अर्ब २० करोडको राजस्व छलीको आरोपमा मुद्दा

काठमाण्डौ, २९ वैशाख । राजस्व अनुसन्धान विभागले काठमाण्डौको बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले कर छली गरेको देखिएको दाबी मुद्दा चलाएको छ । देवबाट १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने विभागको निष्कर्ष छ ।राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान सम्पन्न गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंककमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ ।

यस्तै मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।