२०८३ कार्तिक ९ गते आइतवार

वन्यजन्तु जोगाउन राप्ती नदीमा दश वर्षदेखि राप्ती सरसफाइ

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा वितेको १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ । अभियान्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्यरूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन् ।राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिवार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीमा रहेको गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ ।

नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताउनुभयो । स्थानीय नागरिकलाई सहभागी गराएर ५० देखि सय जनासम्म हरेक हप्ता सहभागी हुने गरेका छन् । पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उहाँले जानकारी दिनुभयो । नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ भने जालजस्ता वस्तुमा परेर कतिपय वन्यजन्तु र जलचर मर्ने समेत गरेका छन् । अभियानका क्रममा प्लास्टिक सङ्कलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षण शिक्षा दिइँदै आइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।