२०८३ कार्तिक ९ गते आइतवार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

  काठमाण्डौ, १७ चैत १। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाउनुभएको हो ।समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूलाई मात्र बोलाउने भन्दै राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपालाई भने बैठकमा नबोलाउनुभएको सचिवालयले जनाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले पनि विपक्षी दलहरूको बैठकमा राप्रपालाई बोलाउनुभएको थिएन ।यसैबीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डसँग कुराकानी गर्नुभएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो ।।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।