तुलसीपुर, ९ चैत । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको पहिलो बिस्तारित बैठक हिजो शुक्रबार सम्पन्न भएको छ । संगठनका केन्द्रीय कमिटीका सल्लाहकार प्रमुख ध्यान बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा विभिन्न छलफलहरु समेत भएका छन । मजदुर संगठनले मजदुरहरूको सुरक्षाको लागि भन्दै मजदुरहरुको १ लाख रुपैयाँको बीमा गराउँदै आएको छ । सोही बमोजिम २ महिना अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको चालक हरी बहादुर डाँगीका श्रीमती बिना डाँगी लाई मजदुर बीमा वापतको १ लाख रुपैयाँ पनि प्रदान गरिएको उपमहासचिव खगेन्द्र बहादुर ओलीले जानकारी दिनुभएको छ ।
सो अवसरमा केन्द्रीय कमिटीका उपमहासचिव खगेन्द्र बहादुर वली, कमिटीका प्रदेश अध्यक्ष मोहन बहादुर क्षेत्री, प्रदेश सचिव होम बहादुर क्षेत्री, पुर्ब दाङ जिल्ला अध्यक्ष चुडा बहादुर बि।कले शुभकामना मन्तव्य दिनु भएको थियो । साथै उक्त बैठकबाट जिल्ला कमिटी मा वामदेव वलि, महेन्द्र भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ भने सल्लाहकारमा योगेश श्रेष्ठ र गणेश बस्नेतलाई मनोनित गरेको छ । संगठनका जिल्ला कमिटी अध्यक्ष दिपक कुमार बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव खिम बहादुर डाँगीले गर्नुभएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।