२०८३ भाद्र २४ गते बुधवार

तुलसीपुर खानेपानीको मतदान जारी, अहिलेसम्म ४ हजार ३ सय ६८ मत खस्यो

तुलसीपुर, २ चैत्र ।  दाङको तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी नयाँ नेतृत्वका लागि अहिले मतदान जारी रहेको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतदानअन्र्तगत आज दिउँसो २ बजेसम्म ४ हजार ३ सय ६८ मत खसेको तुलसीपुर खानेपानी निर्वाचन समितिका सदस्य तथा अधिवक्ता पुस्कर भण्डारीले जानकारी दिनुभयो । मतदान गर्नका लागि तुलसीपुरको अरनिको मैदानमा १५ वटा वुथ बनाइएको छ ।

मतदान बेलुका साढे ४ बजेसम्म चल्नेछ । तुलसीपुर खानेपानीका १० हजार ९ सय १८ मतदाता रहेका छन् । मतदानका लागि तुलसीपुर खानेपानीबाट वितरण गरिएको परिचयपत्र र नेपाली नागरिकता अनिवार्य गरिएको छ । नागरिकता अनिवार्य गरिएपछी धेरै मतदाताहरु नागरिकता बिनै आएकाले अन्योलमा परेका छन् । नागरिकता नलिएकाहरु भोट हाल्न भनेर भित्र प्रवेश गरेपनी त्यसै फर्कीरहेका छन् । भोट हाल्नका लागि उपभोक्ताहरु बिहानै देखि लाइन लागेका छन् ।।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।