२०८३ कार्तिक ८ गते शनिवार

८ घण्टापछि  तुलसीपुर–घोराही सडक खुल्यो

  तुलसीपुर, २८ माघ । आज बिहानैदेखि अवरुद्ध रहेको तुलसीपुर–घोराही सडक दिउँसो ४ बजेपछि खुलेको छ । पिडितलाई ५ लाख दिने र तत्काल ५० हजार पाउने सहमति भएपछि अवरुद्ध सडक ८ घण्टापछि खुलेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा पिडितसंग एक साताभित्र दोस्रो चरणको छलफल गर्ने र नियमानुसार ५ लाख दिने सहमति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित मृतकका आफन्तले आज बिहानदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध पारेका थिए । बिहानदेखि अवरुद्ध सडक अहिले संचालनमा आएपछि रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।