तुल्सीपुर,८ माघ । तुल्सीपुर ९ बेलुवास्थित सगरमाथा स्कुलले आज मैगलबार आफ्ना विद्यार्थीहरुलाई तुल्सीपुरमा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवाको कार्यमा विद्यार्थीलाई सहभागी बनाएको छ । विद्यार्थीहरूलाई मानव सेवा कार्यमा उत्प्रेरित गर्नको लागि विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मज्गैयाले जानकारी दिनुभयो। विद्यालयमा अध्ययनरत कक्षा ८ ९ र १० का विद्यार्थीहरूले आफ्नो खाजा खर्चलाई कटौती गरेर आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूको भोको पेट भर्न पाएकोमा खुसी लागेको कक्षा १० का सम्राट चौधरीले बताउनुभयो। विद्यालयका प्रिन्सिपल छविकुमार ओलीले मानवताको सेवा नै जीवनको सर्वोत्तम उपलब्धि भएकाले यस्तो पुण्य कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउन पाउँदा हर्षित भएको बताउनुभयो।
पछिल्लो अवस्थामा बालबालिकाहरूमा समाजसेवाको भावना हराउँदै गइरहेको अवस्थामा यसरी मानव आश्रममा लगेर उनीहरुले सेवा गर्दा उनीहरूमा सकारात्मक सोचाइको विकास हुने विद्यालयका एकाडेमिक हेड तिलक डाँगीले बताउनुभयो । विद्यार्थीहरुलेआश्रममा रहेका करिब ६० जनालाई बिहानको खाजा खुवाएका थिए ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।