यसैविच राप्ती प्रादेशिक अस्पतालका वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर विनोद सिंहले जन्मिने समय नपुगेको, हर्मोनको समस्या, सालनाल घाँटीमा बेरिएको हुँदा जन्मिने वेला निसास्सिने, रुन नसक्ने, फोक्सोका परिपक्व नहँुदा सास फेर्न नसक्ने समस्या, गर्भावस्थामा हुँदा थाहा नहुने रोगहरु जस्तै मुटु रोगहरु भएको हुने जस्ता कारणले शिशुको मृत्यु हुने गरेको बताउनुभयो । यस्ता समस्याबाट बच्न गर्भवती महिलाले धेरै कुराहरुमा ध्यान दिनु पर्ने डाक्टर सिंहको भनाइ छ । प्रोटोकल अनुसारको ८ पटक चेकजाँच गर्ने, समयसमयमा गर्भवती महिलाहरुले रगतहरुको जाँच गर्ने, कस्तो खानेकुराहरु खाने, गर्भावस्थामा गर्ने श्रम भन्ने जस्ता कुराहरुमा ध्यान दिनसके यस्ता समस्याबाट बच्न सकिने उहाँँले बताउनुभयो ।
नवजात अवस्था भनेको कस्तो अवस्था हो ? मावन जीवनको विभिन्न चरणहरु अन्र्तगत जन्मपश्चातको पहिलो चरण नै नवजात अवस्था हो । जन्मपछिको मानवजीवनको अवस्था नवजात अवस्था (अङ्गेजीमाः पोस्ट नाटल इस्टेज) बाट सुरु हुन्छ । यो मानवजीवनमा जन्मदेखि र जन्मेपछि २ हप्तासम्मको जीवनावधि हो । यो नयाँ वातावरणमा समायोजन हुने अवस्था हो । यो अवस्थालाई २ भागमा विभाजन गरिएको छ । पहिलो जन्मपछि सालनाल नकाटुन्जेलको अवस्थाहो । यसमा गर्भबाट बाहिरी संसारमा निस्केपछि अर्थात जन्मेपछि सालनाल नाकटुन्जेलको अवस्था हो । यो अवस्था करिब १५ देखि ३० मिनेटसम्म रहन्छ। यस्तै दोस्रोमा नवजात शिशु अवस्था हो । यो नाल काटेपछिको करिब २ हप्ताको समय हुन्छ । यो अवस्थामा नवजात शिशु नयाँ वातावरणमा मा समायोजन हुन थाल्छ । ऐन, नियमावली, निर्देशिका के के छन् ? नवजात शिशुमृत्युदर र मातृमृत्युदर घटाउनका लागि सरकारले विभिन्न ऐन, नियमावली, निर्देशिका जारी गरेको छ । तर सोचे अनुसारको कमी ल्याउन भने नसकेको देखिन्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, जारी गरेको छ । यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली २०७७, मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम मार्गदर्शन २०७९ पनि जारी गरेको छ । यसै गरी आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम कार्यान्वयन निर्देशिका,आमा तथा नवजात शिशु सुरक्षा कार्याक्रम निर्देशिका २०७८ पनि जारी भएका छन् ।
यसमा हरेक महिलाले गर्भधारण गर्नुपूर्वदेखि गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु, प्रसुती नहुँदादेखि प्रसुती पछिसम्म र शिशुको अवस्था पनि गर्भधारणदेखि जन्मपछि नवजात अवस्था, शैशवावस्था, बाल्यावस्थामा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गरिएका छन् । यसलाई अध्ययन गरेर हरेक कुराहरुमा सावधानी अपनाउन सकेमा सानातिना समस्याको समाधान गर्न सकिन्छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निति, निर्देशिका, ऐनहरु अध्ययन नगर्नु र व्यवहारिक रुपमा कार्यान्वयन नगर्नु तथा पूर्व सावधानीहरु नअपाउनु नै कमजोरी देखिन्छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।