तुलसीपुर, २६ पुष । आन्तरिक राजश्व कार्यालय तुलसीपुर पुष महिनाको अन्तिम शनिबार २७ गते का दिन खुला रहने भएको छ । विवरण पेश गर्ने तथा आयकरको प्रथम किस्ता रकम दाखिला गर्ने समय नजिकिएकोले शनिबारका दिन समेत कार्यालय खुला रहने कार्यालय सुचना अधिकारी शिरानन्द देवकोटाले जानकारी दिनुभयो । विभागको निर्णय अनुसार राजस्व संकलनको पहिलो किस्ताको अन्तिम समय पुष मसान्त रहेकाले यस महिनाको अन्तिम सनिबार राजस्व दाखिला गर्न सहजता लागि खुला रहने भएको हो । उहाँका अनुसार, राजस्व संकलन प्रक्रिया सहज बनाउन राजस्व संकलन गर्ने बैंकहरू पनि सो दिन खुला रहनेछन् । यो सुविधा करदाताहरूलाई समयमै आय विवरण पेश गर्न र कर तिर्न सहयोग पुर्याउने उद्देश्यले शनिबारका दिन पनि कार्यालय खुला गरिएको बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।