काठमाण्डौँ, २६ पुष । आउँदो मङ्गलवार माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्न सकिने भएको छ । यसअघि बैंँक खाता खोल्न नागरिकता अनिवार्य भएकोमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैँक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैँक र लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैँकले परिपत्र गरेको छ । माघदेखि बैँक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए जस्तो देखिए पनि त्यसकै आधारमा मात्र बैँक खाता खोल्ने भन्ने आशय नरहेको राष्ट्र बैँकले स्पष्ट पारेको छ । सरकारले सामाजिक सुरक्षालगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैँक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्नेछ ।।
प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।