तुलसीपुर, २४ पुष । १५/ १६ वर्षदेखि ६०/७० वर्षसम्ममा थारु समुदायमा नागरिकहरुले एकै थलोमा नाच प्रस्तुत गरेका छन् । पुराना पुस्ताले आफ्नो निखारिएका मौलिक कला संस्कृतिमा आधारित गीत र नाच सजिलै प्रस्तुत गरे भने नयाँ अर्थात युवा पुस्ताले केही नयाँ त केही पुरानै शैलीमा नाच्ने र गाउने कला देखाए । नयाँ पुस्ताले नाचलाई सजिलैसँग मौलितामा ढाल्न सकेको दृश्य देखियो भने । गीत गाउने लय तथा शव्दमा पुराना पुस्ताको सिको गर्ने प्रयत्न गरे ।
यसैगरी गीत गाउने, नाच्ने, मादल बनाउनेमा पुरुष भन्दा महिलाहरु नै उल्लेख्य थिए । यसले गर्दा थारु समुदायको संस्ृकति संरक्षणमा पुरुष भन्दा महिलाको भूमिका नै बढी छ कि भन्ने स्पष्ट पार्छ । तर केही नयाँ पुस्तका पुरुष र महिला दुवैले थारु समुदायको भेषभूषा पहिरिएको देखियो । यी सवै दृश्य थिए, तुलसीपुरमा भएको माघ महोत्सव २०८१ को । दाङको तुलसीपुरमा नमुना भुँह्यार थान समिति तुलसीपुर र थारु कल्याणकारिणी सभा क्षेत्र नंबर ३ को संयुक्त आयोजनामा माघ सांस्कृतिक महोत्सव मनाइएको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारुहरुको संस्कृति संरक्षणमा थारु संसंस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै माघ महोत्सवले थारु कला संस्कृति संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा विशिष्ट अथिति समेत रहेका थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले विकास गर्ने नाममा थारु समुदायको मटावा प्रथा हराउन थालेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । थारु महतवालाई वेवास्ता गर्दै थारु गाउँमा टोल विकास संस्था गठन गरेर महतवाले गर्ने काम कर्तव्य टोल विकासले गर्न थालेपछि महतवा प्रथा हराउन थालेको भन्दै थारु गाउँमा महतवालाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । सो अवसरमा बोल्दै थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले थारुहरुको संस्कृति संरक्षणमा माघ महोत्सवले ठूलो भूमिका खेलेको बताउनुभयो । तुलसीपुर उपमहानगरमा थारुहरुको जनसंख्या धेरै रहेकाले पनि सरकारी कामकाजीको भाषामा थारु भाषालाई बनाउनु पर्ने माग समेत गर्नु भयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, तुलसीपुर १२ का अध्यक्ष खुशीराम चौधरी लयागतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी, महतवा, पत्रकारलाई सम्मान गरिएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।