सल्यान, १९ पुष । सल्यानका किसानहरू परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै आधुनिक प्रविधिबाट किवी खेतीमा आकर्षित हुन थालेका छन् । काम खोज्न विदेश गएका युवा समेत फर्केर किवी खेतीमा लागिरहेका छन् । कृषि विकास कार्यालय सल्यानकाअनुसार सल्यानमा २६ हेक्टर क्षेत्रफलमा किवी खेती भइरहेको छ ।
जसबाट १ सय ५० भन्दा बढि मेट्रिक्टन उत्पादन हुने गरेको छ । अहिले बिशेष गरि छत्रेश्वरीको गुरासे र बागचौर नगरपालिकाको लेकाली क्षेत्रमा किबी खेती भैरहेको कार्यालय प्रमुख महेश आचार्यले बताउनुभयो । अन्य फलफूल खेतिको तुलना किवी खेती सहज भएको किसानहरु बताउछन् । आवश्यक प्रविधि र प्राविधिक ज्ञान दिन सके सल्यानमा किबीमा आत्मनिर्भरसँगै राम्रो आम्दानी गर्न सकिने सरोकारवालाहरु बताउछन् ।।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।