२०८३ कार्तिक ११ गते मङ्गलवार

जलवायु परिवर्तनको असर कम गर्न व्यक्ति र समुदायले नै काम गर्नुपर्नेमा जोड

विश्वमा बढ्दो जलवायु परिवर्तनको असर कम गर्नको लागि व्यक्ति र समुदायले नै काम गर्नुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । विश्वभर बढ्दो तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसले घटाउने लक्ष्य सन् २०२४ मा विश्व समुदायले नै उल्लङ्घन गरेको अनुसन्धानकर्ताको आरोप छ । तर आगामी दिनमा ध्यान नदिए जलवायु परिवर्तनको असर विश्वले धान्न नसक्ने अवस्थामा पुग्ने भन्दै उनीहरुले आजैदेखि र आफैदेखि परिवर्तन सुरु गर्न आवश्यक रहेको औल्याएका हुन् ।

उनीहरुले नवीकरणीय उर्जा बढाउनेदेखि तेल, ग्याँस र कोइलाको उत्पादन रोक्न व्यक्तिगत रुपमा धेरै काम गर्न सकिने बताएका हुन् । प्लास्टिक प्रयोगमा कमि ल्याउने, हरियाली बनाउन सहयोग गर्ने, तापको विकल्प खोज्ने, कार्वन उत्सर्जन कम गर्ने, विद्युतीय सवारीसाधनको प्रयोग बढाउने लगायतका काम व्यक्तिले गर्दा पनि जलवायु परिवर्तनको असर कम गर्न सकिने अनुसन्धानकर्ताले सुझाव दिएका बीबीसीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।