२०८३ कार्तिक १० गते सोमवार

लुम्बिनी प्रदेशमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो

दाङ, १ पौष । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालू वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ । प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना (डीपीआर) तयार भएको छ । आधुनिक शहर निर्माणका लागि पाँच वर्षमा २५ अर्ब रुपैयाँको परियोजना तयार पारिएको हो । पहिलो चरणमा पाँच वर्षभित्र २५ अर्ब रुपैयाँमा काम गरिने गरी डीपीआर तयार भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले बताउनुभयो ।

यसैबीच जग्गा व्यवस्थापनको काम नहुँदा जग्गा कित्ताकाट रोकिएको छ । लामो समय जग्गा फुकुवा नहुँदा समस्या थियो । जग्गा किनबेच रोकिएको थियो भने बैंकको ऋण लिनसमेत समस्या हुने गरेको जग्गा एकीकरण परियोजनाका पूर्वअध्यक्ष श्यामेस चौधरीले बताउनुभयो । अहिले जग्गा फुकुवा भए पनि कित्ताकाट भने रोकिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।