२०८३ मङ्सिर ९ गते बुधवार

डिआइजी कार्कीले सम्हाले लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी 

दाङ, ३० मंसिर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी डिआइजी (प्रहरी नायब महानिरीक्षक) दानबहादुर कार्कीले आज देखि औपचारिक रुपमा सम्हाल्नू भएको छ । फेरि भेटौला कार्यक्रमको आयोजना गरेर डिआइजी कुवेर कडायतले कार्कीलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

डिआइजी कुवेर कडायतको नेपाल प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय नक्साल काठमाण्डौमा सरुवा  भएपछि रिक्त स्थानमा कार्कीलाई पठाइएको हो ।
मिति २०८१ मंसिर २७ गेको गृहमन्त्रालय (मन्त्री स्तरीय) सुरुवा गर्ने  निर्णय अनुसार प्रहरी नायब महानिरीक्षक कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको थियो । डिआइजी कार्कीलाई यस अघि केन्द्रिय प्रहरी कार्यालयको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।