दाङ १८ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा लागू औषध दुर्व्यसन र लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सिसहनिया स्थित किंग्स स्केट पार्कको हलमा सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक इश्वर थापाले दाङ जिल्लाको अपराधको तथ्याङ प्रस्तुत गर्दै बाल विवाह, बहु विवाह, बाल यौन दुर्व्यवहार, घरेलु हिंसा, लैंगिक हिंसा जस्ता सामाजिक विकृती र विसंगती रोकथाम तथा न्यूनीकरण, सम्वन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणको क्रममा मोवाइलको तलको कारण मानसिक समस्या भोग्नु परेको, प्रलोभनमा परेर बालवालिकाहरु अपराधमा पर्ने गरेकोले त्यसमा विशेष सजग रहन अनुरोध गर्नु भएको थियो ।
नार्कोनन नेपाल लुम्विनी प्रदेश संयोजक वसन्त पुनले लागू औषधको परिचय, लागू औषध दुर्व्यसनीमा देखिने लक्षण, दुर्व्यनबाट बच्ने उपाय, लागू औषध नियन्त्रण गर्न समुदाय र विद्यार्थीहरुको भूमिका लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनु थियो । कार्यक्रमका अतिथि तथा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले मन्तव्यको क्रममालागू औषध दुर्व्यसनको कारण यूवाहरु अपराधिक कार्यमा सहभागि हुने गरेको, लैंगिक तथा घरेलु हिंसा घरमा सहेर बस्नाले आत्महत्याका घटनाहरु घट्ने गरेको धारणा राख्नुको साथै लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण र लागू औषध नियन्त्रणमा प्रहरीले गरेको प्रयासको वारेमा जानकारी दिनु भएको थियो ।
सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले मादक पदार्थ तथा लागू औषधको सेवनको कारण लैंगिक हिंसा जस्ता सामाजिक विकृती बढ्ने गरेकोले मादक पदार्थ तथा लागू औषध सेवन नगर्न अनुरोध गर्नु भएको थियो । समाजमा व्याप्त लागू औषध दुर्व्यसन र लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण गर्ने उदेश्य अनुरुप राप्ती गाउँपालिका वडा नं. ८ राप्ती गाउँपालिकाको आयोजना, इलाका प्रहरी कार्यालय भालुबाङ दाङको समन्वय तथा सिसहनिया उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम गरिएको हो । सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको अध्यक्षता, कार्यक्रम भएको थियो । सो अवसरमा गन्धर्व सांस्कृतिक संरक्षण केन्द्र दाङका हेमराज गन्धर्वको कलाकार समुहले सन्देश मुलक सांगेतिक प्रस्तुतिकरण गरेको थियो भने कार्यक्रमको सहजिकरण वडा प्रहरी कार्यालय लमही दाङका प्रहरी निरीक्षक प्रकाश भुषालले गर्नु भएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।