तुलसीपुर, ८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाउने भएको छ । शुक्रबार तुलसीपुर क्षेत्रका पत्रकारहरुसँग छलफल गरी १६ दिने अभियानमा विभिन्न कार्यक्रम संचालन गर्ने महिला बालबालिका तथा सामाजिक विकास शाखाले जानकारी दिएको छ । महिला बालबालिका तथा सामाजिक विकास शाखा, ओरेक नेपाल दाङ, मेटो कलेजको सहकार्यमा यो अभियानमा कार्यक्रम गरिने भएका हुन् । मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको सुरुवात शान्ति तथा अहिंसाको प्रतीक सेतो रिवन बाँधेर गरिने शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष भने केही फरक कार्यक्रम राखिएको उहाँको भनाइ छ ।
विगतका वर्षहरुका लैंगिक हिंसा विरुद्धका विभिन्न नारा सहित प्रभातफेरी गरिने गरिएकोमा यस वर्ष त्यसलाई स्थगन गरी फरक तरिकाले कार्यक्रम गर्न लागिएको बताउनु भयो । कानुनमा पहँुच पुग्न नसकेका नागरिकलाई हिंसा विरुद्ध वाहिर आउन सहज होस् भनेर निशुल्क कानुनी सहायता सहयोग कार्यक्रम संचालन गर्ने उहाँले बताउनु भयो । जसमा कानुनी प्रक्रियाका निवेदनहरु लेख्नका लागि समस्या भएका नागरिकलाई निशुल्क निवेदन लेख्ने व्यवस्था मिनाइएको छ ।
यस्तै वडा नंबर १४ मा एकीकृत महिला स्वास्थ्य मेला, हिंसा प्रभावित क्षेत्रमा कार्य गर्ने महिला सहकारी संस्था र अन्य संस्थाहरु विचमा हिंसा निवारणमा सञ्जालिकीकरण र क्षमता विकास, लैंगिक हिंसा तथा कुरिती निवारणमा टोल विकास संस्थालाई परिचालन गर्ने, अपांगता अधिकार दिवस, मानव अधिकार दिवस लयागतका कार्यक्रम गर्ने भएको छ । यसैगरी संचार माध्यममा सामाजिक कुरिती, लैंगिक हिंसा तथा जातिय विभेदको अन्त्यका लागि सन्देशमूलक जिंगलहरु प्रसारण तथा प्रकाशन गर्ने भएको छ । अभियानमा एकेबद्धता जनाउन र लैंगिक हिंसा अन्त्यमा सहयोग गर्न सबैलाई आगह समेत गरिएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।