२०८३ कार्तिक ११ गते मङ्गलवार

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ, ३० कात्तिक । केही दिन अघिदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ६० हजार रहेको थियो ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय पाँच रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।