२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरका आधारभूत तहका विद्यार्थीले चित्रमा बनाए ‘एसियामा मेरो जीवन’

तुलसीपुर , २७ कात्तिक  ।तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका आधारभूत तहका विद्यार्थीहरुले एसियामा मेरो जीवन दर्शाउन चाहान्छु शीर्षकमा चित्र बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले आयोजना गरेको कार्यक्रममा २९ वटा विद्यालयका विद्यार्थीहरुले चित्र बनाएका हुन् ।

विद्यार्थीहरुले बनाएका तस्बीरहरु राष्ट्रियस्तरमा आयोजना हुने चित्रकला प्रतियोगितामा समावेश गरिने भएको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खड्काले विद्यार्थीहरुमा रहेका प्रतिभाहरुको प्रोत्साहन गर्नका लागि पालिकाकोतर्फबाट विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न सुरु गरिएको बताउनुभयो । कार्यक्रममा प्रथम संस्कार पाठशाला कक्षा ५का दिव्यान्सु बस्नेत,द्वितीय ज्ञान ज्योति मावि कक्षा ६का रेनु जिसी,तृतीय राप्ती बाल एकाडेमी कक्षा ५का सौगात परियार र मावि कालाखोला कक्षा ४का अनिशा चौधरीले शान्त्वना हुनुभएको थियो । कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसी,शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताका निर्णायक मण्डलमा शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का , शिक्षक सन्तोष परियार र गोमा वली चौधरी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन मदनकृष्ण देवकोटाले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।