२०८३ कार्तिक ९ गते आइतवार

मेट्रो कलेजका विद्यार्थीहरुले गड्यौले मल उत्पादन गर्दे

तुलसीपुर, ११ कात्तिक । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले गड्यौले मल उत्पादनको सुरुवात गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उत्पादन गर्ने तरकारी,फलफुल र अन्य बालीका लागि उपयोग गर्ने उद्देश्यले उनीहरुले गड्यौले मलको उत्पादन गर्न थालेका हुन् । माटोका लागि उपयुक्त हुनुका साथै आफ्नै ठाउँमा उत्पादन हुने भएकाले यसतर्फ विद्यार्थीहरुलाई अग्रसर बनाइएको बाली विज्ञानका प्रशिक्षक समर्पण आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘गड्यौला मल सस्तो हुन्छ,उत्पादन बढाउँछ,जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’ सुरुवातमा विद्यार्थीहरुले ५ किलो गड्यौला राखेर मल उत्पादनको थालनी गरेका हुन् ।  रासायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले गड्यौला मल उत्पादन गर्न थालेका विद्यार्थी संगिता न्यौपानेले बताउनुभयो । विद्यालयमा बाली विज्ञान र बन विज्ञान अध्ययनरत विद्यार्थीहरुले सामुहिकरुपमा गड्यौला खेतीको सूरवात गरेका हुन् ।

गड्यौला खेती गर्नका लागि तालिम र आवश्यक सामग्रीको व्यवस्थापन ग्रीन फाउन्डेशन नेपालले गरेको हो । हाललाई विद्यार्थीहरुले आफुले लगाएको बालीनालीमा प्रयोग गरेपनि विस्तारै व्यावसायिकरुपमा नै उत्पादन थालिने कार्यक्रम संयोजक कल्पना वलीले बताउनुभयो । गड्यौला मल उत्पादनलाई गाउँ गाउसम्म पुर्याउनका लागि विद्यार्थीहरुलाई परिचालन गरिने कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।