२०८३ कार्तिक ११ गते मङ्गलवार

जन्मदिनको अवसरमा बेसहारालाई भोजन 

तुलसीपुर, १० कात्तिक । पछिल्लो समय जन्मदिनमा समाज सेवा गर्ने प्रचलन बढ्दै जान थालेको छ ।  आफ्नो जन्मदिनको अवसर पारेर समाजमा दिनदुःखीको सेवा गर्न रुचाउने थुप्रै सर्वसाधारण भेटिने गरेका छन् । यसैसन्दर्भमा एक युवकले पनि आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर स्थित मानव आश्रममा बस्दै आएका असहाय तथा बेसहारालाई साँझको भोजनको व्यवस्थापन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा घर भइ हाल अस्ट्रेलियामा बसेर अध्ययन गर्दै आउनुभएका अनिल बस्नेतले जन्मदिनको अवसरमा मानव आश्रममा आश्रित ५६ जनालाई साँझको भोजन गराउनु भएको हो ।  बस्नेतले युवाहरूले उत्सव र रमाइलोको नाममा गर्ने फजुल खर्चले अभावमा रहेका नेपालीको नाममा खर्च गर्न सके बिस्तारै संस्कार परिवर्तन हुँदै जाने बताउनुभयो ।  त्यसअवसरमा अनिलका बुवा मेघराज बस्नेत र आमा शारदा बस्नेतले छोराको सामाजिक उत्तरदायित्वको प्रतिको बोधले खुशी तुल्याएको बताउनुभयो ।  

 
प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।