दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।