२०८३ मङ्सिर १० गते बिहिवार

 नगर प्रहरीको भर्ना छनौट नतिजा प्रकाशन 

तुलसीपुर, ४ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना छनौटको नतिजा प्रकाशन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले नतिजा प्रकाशनमा ढिलाई गरेको भन्दै तुलसीपुर खबर डटकम लगायतका संचार माध्यममा समाचार प्रकाशित भएपछि  दबाबमा परेको उपमहानगरले आज दिउँसो नगर प्रहरीको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

उपमहानगरले प्रकाशन गरेको नतिजा अनुसार नगर प्रहरी नायब निरीक्षकमा ऋषिराज पछाई, नगर प्रहरी सहायक निरीक्षकमा संजय गिरी, नगर प्रहरी हवलदारमा विनोद रेउले, र विष्णु चौधरी रहनु भएकोछ । त्यसैगरी नगर प्रहरी जवान तर्फ अमरराज चौधरी, गोविन्द बिक, नविन चौधरी, मनोज बिक, मंगल चौधरी, जित बहादुर चौधरी र अजय चौधरी रहनु भएको छ ।   त्यसैगरी महिला तर्फ नगर प्रहरी जवानमा धर्मा आचार्य, आदीवासी जनजाति तर्फ रुपलाल चौधरी र दिनेश चौधरी, दलित तर्फ शेर बहादुर परियार रहनु भएको छ ।  नगर प्रहरी भर्ना छनौट समितिले अन्तिम नतिजा प्रकाशनका लागि झण्डै एक महिना अघि प्रतिवेदन बुझाएको थियो । नगर प्रहरी भर्ना छनौटका लागि १८७ जनाले आवेदन दिएका थिए ।

सफल उमेदवारको नामावली 

 

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।