२०८३ मङ्सिर १० गते बिहिवार

 तुलसीपुरका कैदीबन्दीले रगतको अभावलाई सुल्झाए

दाङ २४ असाेज ।  राप्ती प्रादेशिक अस्पतालमा गत बुधबार नियमित डायलासिस गराइरहेका १ जना व्यक्तिले रगतको अभावमा उपचार पाएनन्। तुलसीपुर राप्ती प्रादेशिक अस्पताल सँगै रहेको रक्त सन्चार केन्द्र तुलसीपुरमा उक्त बिरामीको लागि आवश्यक पर्ने रगत स्टकमा थिएन ।  धेरै व्यक्तिहरूलाई फोन सम्पर्क गर्दा पनि उक्त रगत दिने व्यक्ति कोही जिल्ला बाहिर, कोहीको स्वास्थ्यमा समस्या कारण रगत कतैबाट प्राप्त हुन सकेन ।  

रग अभावकाे समाचार सन्चार माध्यममा प्रसारण भए पछि पत्रकार, रेडक्रस सोसाइटीका टीमहरूको पहलमा वडा दशैंको अवसरमा खुल्ला रक्तदान आह्वान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा पत्रकार सहितको युवाहरु द्वारा बिहीबार बिहान देखि रक्तसञ्चार केन्द्र तुल्सिपुरमा उक्त कार्यक्रम सुरुवात गरिएको थियो। त्यस अवसरमा १० जनाले रक्त दान गर्नुभयाे। तर त्यतिले समस्या समाधान हुने नदेखे पछि चाडबाड सम्म रगत अभाव लाई पूर्ति गर्न कारागार व्यवस्थापन टीमसँग समन्वय गरियो  । तत्काल त्यहाँबाट धेरै कैदी बन्दीहरू रगत दिन इच्छुक भएको भन्ने  खबर प्राप्त भए पश्चात रेडक्रसको प्राविधिक टीम तुल्सिपुर कारागारमा पुगी रगत सङ्कलन गर्ने कार्य गरेको थियो। 

तुल्सिपुर कारागारका निमित्त प्रशासक दोर्ण बहादुर ओलिको समन्वयमा कारागारमा रहेका  ११ महिला र ९७ पुरुष सहित  १०८ जना कैदीवन्दीले  रत्तदान गरेका हुन् ।  बेला बेलामा तुलसीपुरमा हुने रगत अभावको समस्यालाई टार्न  ४/ ४ महिनामा कारागारका कैदीद्वारा रक्तदान गर्दै आएकाे तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयाे । कारागार बन्दी द्वारा नियमित रूपमा रक्तदान गर्ने र रगत अभाव भएको समयमा धेरै परिमाणमा रगत सङ्कलनमा सहयोग गर्ने संस्थामा तुलसीपुर कारागार  नेपालमै अग्रनी स्थनममा रहेको छ । रगत सङ्कलन गर्नु अगाडि रगत दिने व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा सम्पूर्ण प्रक्रियाहरु पूरा गरेर मात्र रगत संकलन गर्ने गरिन्छ। यसरी कारागारमा नै बसेर रगतको अभावमा छटपटाइरहेका बिरामीलाई रगत दिएर सेवा गर्न पाउँदा आत्मसंतुष्टि हुने र शरीरमा एक खालको सकारात्मक ऊर्जा प्राप्त हुने गरेको  कारागारका बन्दीहरुले बताएका छन । 

पछिल्लो समय रक्तदान गर्नेको संख्यामा आउन थाल्याे कमी 

 पछिल्लाे समयतुलसीपुर लगायत हाल देशै भरी रक्तदान गर्ने सङ्ख्यामा कमी हुन थालेको छ।  अहिले धेरै व्यक्तिहरूमा अस्वस्थकर जीवनशैली, खानपान,  दीर्घ रोग, उच्चरक्तचाप, मधुमेह, थाइराइड, मृगौला रोग तथा कोभिड संक्रमणपछि धेरैमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन  थालेकाले रक्तदान गर्नेको सङ्ख्यामा कमी आएकाे आँकलन गरिएको छ । 

त्यसैगरी  युवाहरु विदेश पलायन भइरहेको, नयाँ पिँढीमा रगत दान गरेपछि मात्र अर्को व्यक्तिले पाउँछ भन्ने विषयमा जानकारी नहुँदा वा  ३/३ महिनामा १८ वर्ष उमेर पछि ६० वर्ष सम्म ,४५ केजी तौल भएको स्वस्थ व्यक्तिले रगत दिन मिल्छ भन्ने कुरा जानकारी नहुँदा र रगत दिंदा कमजोर भइन्छ भन्ने मानसिकताले पनि कमी आएकाे स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

रगत कसरी उत्पादन हुन्छ 

खासगरी हाम्रो शरीरमा रातो रक्त कोषहरुको आयु १२० दिन हुन्छ, त्यस पछि  शरीरले पुन: रातो रगत बनाउने प्रक्रिया थाल्छ, यसरी रगतमा पाइने रक्तकोषहरु मध्ये सेतो,र रगत जमाउने कोष ( प्लेटलेट्स ) ८ दिन देखि १३ दिनमा नयाँ बनी रहन्छ। यो प्रक्रिया शरीर भित्र निरन्तर जारी रहेको हुन्छ। त्यसैले त्यसै पनि १२० दिनमा खेर जाने रगतलाई सदुपयोग गर्नको लागि पनि र आफ्नो  नियमित स्वास्थ्य परिक्षणका लागि साथै स्वस्थ , तदुरुस्ती,फुर्तिलो , जाँगरिलो, उर्जाशील, सृजनशील हुनको लागि पनि ३/३ महिनामा रक्तदान गर्नु स्वास्थ्यको दृष्टिकोणले फाइदा हुने कुरा हाल सम्म ३९ पटक रक्तदान गरी सक्नु भएका स्वास्थ्यकर्मी तथा नेपाल रेडक्रस सोसाइटीका दाङका उपमन्त्री विमल केसी ले बताउनु भएको छ।

कारागारबाट संकलित रगतले करिब एक महिना सम्मकाे अभावलाई टार्ने  रक्तसञ्चार केन्द्र तुलसीपुरका इन्चार्ज नरेश चौधरीले  बताउनु भयो । दैनिक १० देखि १२ पिन्ट रगत वितरण हुने गरेको छ ।   चाडपर्वभरी दाङ जिल्लाका ३ स्थान तुल्सिपुर,घोराही , लमहीमा खुल्ला रक्तदान को लागि सबैलाई आह्वान गरिने र  इच्छुक व्यक्ति तथा नियमित रक्तदाता हरुलाई पाएक पर्ने स्थानमा गई रक्तदान गर्ने वातावरण मिलाइने नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखा कार्यालय प्रमुख विश्राम अधिकारीले जानकारी दिनुभयो। 

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।