हापुरे, १०असोज । नेकपा एमाले केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ३ ख का इन्चार्ज कोमल ओलीले अन्य राजनितीक दल छोडेर नेकपा एमालेमा आएकाहरुलाई पार्टीमा समायोजन र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। नेकपा एमाले बबईका नवनिर्वाचित कमिटीको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै ओलीले सम्बृद्द नेपाल सुखि नेपालीको नारा सँगै मिसन ८४ सफल पार्न सबै एकजुट भएर पार्टी सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य सावित्री विश्वकर्माले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको उर्जा मिलाएर पार्टी सुदृढीकरण गरेर अगाडि बढ्न नेकपा एमाले बबईलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेशकमिटी सदस्य द्वय पदम नेपाली र भद्रबहादुर वली,एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी,जिल्ला सल्लाहकार समिति सदस्य देवीलाल वुढा, पुर्व जिल्ला सदस्य राम बहादुर डाँगी लगायतकाले बोल्नुभएको थियो ।
नेकपा एमाले बबईको गत असोज ३ गते सम्पन्न दोस्रो गाउँ अधिवेशनले टंकराज विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यिय गाउँकमिटी चयन भएको थियो । कमिटीको उपाध्यक्षमा शारदा शाहा, सचिव डम्बरबहादुर श्रीस मगर, उपसचिवमा मोहनलाल थापा र प्रतिमा डाँगी रहनुभएको छ। कमिटीको लेखा समिति संयोजकमा नरेन्द्र भारती रहनुभएको छ। नेकपा एमाले बबईका अध्यक्ष टंकराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डम्बरबहादुर श्रीस मगरले गर्नुभएको थियो ।।