२०८३ मङ्सिर १० गते बिहिवार

प्रचण्डले द्धन्द्धकाे खेती गर्न चाहन्छन् : एमाले महासचिव पोखरेल 

दाङ, ६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दहाल प्रचण्डले देशलाई सङ्कटमा पुयाएको बताउनु भएको छ । नेकपा एमाले तुलसीपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले दुई ठूला दललाई खेलाएर ३२ सिटका आधारमा सधैँ सत्ता स्वार्थमा लाग्दा भइरहने सरकार फेरबदलले देशलाई आर्थिक सङ्कट र जर्जर अवस्थामा पुर्‍याएको उहाँले बताउनुभयो । ‘कसैलाई जनताको भावनामा खेलबाड गर्ने, बामपन्थी माथि वा कम्युनिष्टहरूमा माथि नोक्सान पुर्‍याउन सकिन्छ भन्ने कुरा ठान्दछ भने त्यो सम्भव छैन् भन्ने कुरा बुझे हुन्छ । नेकपा एमाले जनताको आशा र भरोसाको पार्टी हो । पार्टीले देश र जनताको समृद्धि र आकाँक्षको नेतृत्व गर्छ ।’ महासचिव पोखरेलले भन्नुभयो ।

आज पार्टीलाई कम्जोर र कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल हतास मानसिकतामा पुगेर आफै सकिएको महासचिव पोखरेलले बताउनुभयो । राजनीतिक दलहरूका बीचमा अश्वस्त द्धन्द्ध सृजना गरेर असंसदीय भाषा, अराजनीतिक भाषा प्रदर्शन गर्नु नै त्यसैको परिणाम भएको उहाँले बताउनुभयो । ‘नेकपा एमाले मुलुकको शान्ति प्रकृया प्रति कति जिम्मेवारी छ भन्ने कुरा केपी ओली प्रधानमन्त्री भइसकेपछि सङ्क्रमणकालीन न्याय निरुपण गर्नका लागि कानुन बनाउने कुरामा सर्वसम्मति गर्ने कुराको नेतृत्व कसले  गर्‍यो भन्दाखेरि केपी ओली नेतृत्वको सरकारले गर्‍यो । जुन काम माओवादीले गर्न सकेको थिएन । त्यो कामको नेतृत्व नेकपा एमालेले गर्‍यो । म माओवादी मित्रहरूलाई भन्न चाहन्छु । प्रचण्ड सधै द्धन्द्धको खेती गर्न चाहन्छन् । द्धन्द्धको खेतिका आधारमा लाभ लिन चाहन्छन् । तर द्धन्द्धको शान्तिपुर्ण रूपान्तरण गर्न चाहदैनन् भन्ने कुरा पटक पटक प्रचण्ड प्रधानमन्त्री हुँदा नभएको काम केपी ओली प्रधानमन्त्री भएपछि भयो भन्ने कुराले पुष्टि गरेको गरेका छ ।’ महासचिव पोखरेलले भन्नुभयो ।

अन्य क्षेत्र जस्तो राजनीतिमा सजिलो नभएको भन्दै उहाँले असल राजनीतिज्ञ बन्न त्याग र तपस्या आवश्यक पर्ने बताउनुभयो । अन्यत्र लोकप्रियता कमाएर राजनीतिमा आउने र काम कम हल्ला धेरै गर्ने क्रम बढेको भन्दै महासचिव पोख्रेलले राजनीतिमा नयाँ पुस्ताको आवश्यकता रहेको तर, अराजकता मच्चाउनका लागी नभएर सत्य समाज निर्माण लागी आउनुपर्ने बताउनुभयो । जान्नेलाई छान्ने भन्दै हुइया गर्दै आएका रबि लामिछाने सहकारी प्रकरणमा डामिएको बताउँदै उनका पछुवाले पनि लागूऔषध, जुवाकाण्ड, लगायत काण्डै काण्डले जेलिएको टिप्पण गर्नुभयो । सो अवसरमा बोल्दै पोलिटब्युरो सदस्य नरुलाल चौधरीले ८४ सालको निर्वाचनमा सफलता हासिल गर्ने गरी तुलसीपुर नगर कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी केन्द्रिय सदस्य घनश्याम पाण्डेले २०५४ सालदेखी एमालेले लगातार तुलसीपुरको नेतृत्व गर्दै आएको भन्दै तुलसीपुरमा अहिलेसम्म धेरै काम भएको बताउनुभयो । तुलसीपुरमा शिक्षा, स्वास्थ्य, कृषीलगाएतका क्षेत्रमा राष्ट्रकै नमुना काम गर्न सफल भएको बताउनुभयो । यसको ज्वलन्त उदाहरण सामुदायीक विद्यालयतर्फ देशभरकै उत्कृष्ट मावि तुलसीपुर सेन्टर भएको र प्राविधिक शिक्षालयतर्फ तुलसीपुर मेट्रो कलेज देशभरकै उत्कृष्ट भएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रिय सदस्य कोमल वली, एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य हिराचन्द्र केसी,  एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, उप–सचिव भुवनेश्वर पौडेल, जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुषाल, एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, उप–सचिव पुर्ण बुढा, प्रदेश कमिटी सदस्य हुकुम बहादुर बस्नेत, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगर कमिटिका कार्यबहाक अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव रुप बहादुर खत्रीले गरिरहनुभएको छ ।  यसैबीच आगामी कार्यकालका लागि अधिवेशनले नया नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।