२०८३ कार्तिक ११ गते मङ्गलवार

बाँकेमा सवारी दुर्घटनामा परी १२ को ज्यान गयो

बाँके ६ असोज । बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ दुई महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा २५ वटा सवारी दुर्घटना भएको १२ जना सर्वसाधारणको मृत्यु भएको पन्तले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्दैै आएको छ । यस्तै चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा मात्र ट्राफिक प्रहरीले ५ हजार एकसय १८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी बाँकेले जनाएको छ । उक्त कारबाहीबाट ४० लाख २९ हजार रुपियाँ जरिबानावापत् राजस्वसमेत सङ्कलन भएको छ । जरिवानाका साथसाथै बाँके ट्राफिकले सम्भावित दुर्घटना न्यनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।उहाँका अनुसार सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायहरु लगायतका विषयमा सचेतना प्रदान गर्दै आइएको छ ।।  

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।