२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुर उपमहानगरपालिकामा भ्रष्टाचारको गन्ध, सामान नआउँदै भुक्तानी 

तुलसीपुर, २५ भदौ ।  तुलसीपुर उपमहानगरपालिकामा भ्रष्टाचारको गन्ध आउन थालेको छ । सूचना तथा सञ्चार प्रविधि खरिद शीर्षक अन्तर्गत न्यायिक समिति र योजना शाखाको सफ्टवेयर नआउँदै भुक्तानी गरेको पाइएपछि उपमहानगरपालिका भ्रष्टाचारको रसातलमा डूब्न लागेको आँकलन गर्न थालिएको छ । सामान खरिदको जिम्मेवारी पाएको टेक प्लस नेपाल र जिओ सफ्ट टेक्नोलोजी प्रालिले सामान नआउँदै २०८१ असार २३ गते झण्डै ८ लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।  

टेक प्लस नेपालले  न्यायिक समितिको सफट्वेर खरिदका लागि २ लाख ९७ हजार १ सय ९० रुपैयाँ  र जिओ सफ्ट  टेक्नोलोजी प्रालिले योजना व्यवस्थापन सफ्टवेयर खरिदका लागि ४ लाख ९५ हजार ५ सय ५ रुपैयाँ भुक्तानी लिएका छन् । सूचना तथा सञ्चार प्रविधि खरिद शीर्षकमा लाखौ मूल्यको सामान खरिद गर्ने क्रममा न्यायिक समिति र योजना शाखाको सफ्टवेयर खरिदका लागि सेटीङमा जिल्ला बाहिरका दुई कम्पनीसँग सम्झौता भएको थियो ।

‘यो सबै काम  प्रमुख प्रशासकीय अधिकृत डाँगीको सेटीङमा भएको छ, तर आर्थिक चलखेलमाबाट बच्नका लागि उल्टै उहाँले हामीलाई दबाब दिइरहनुभएको छ  । मान्छे आफै ल्याउने । आफै सामान नआउँदै भुक्तानी पनि दिने अनि हामीलाई  छिटाे सामान मगाउँ भन्दै दबाब दिन मिल्छ ? विश्वस्त स्रोतले भन्यो , कम्पनीलाई  सामान  छिटाे पठाउ भन्दा मेराे हाकीम सावसँग कुरा भएकाे छ भन्छ । 

यता प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र  डाँगीसंग सम्पर्क गर्नका लागि मोबाइल नम्बर माग्दा झण्डै एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनु भएकी विष्णु कुमारी आचार्यले नम्बर थाहा नभएको प्रतिकृया दिनुभयो । महत्वपूर्ण जिम्मेवारीमा बस्नुभएकी निमित्त प्रशासकीय अधिकृत आचार्यले काम पर्दा हाकिमसँग म्यासेन्जरमा कुरा गर्छु फोन नम्बर थाह छैन भन्ने अभिव्यक्तिले स्थानीय सरकार कता जाँदै छ भन्ने गम्भिर प्रश्न खडा गरेको छ ।  यता भुक्तानी दिने मध्यका अर्का प्रमुख व्यक्ती उपमहानगरका लेखा अधिकृत खिमलाल वलीले पनि पटक  पटक सम्पर्क गर्दा फोन उठाउनु भएन । 

यता लेखा समितिका संयोजक घनश्याम ढकालले साउनको पहिलो साता बसेको बैठकले बिल, भरपाई र कोटेसनको प्रकृयाको विस्तृत विवरण लेखा शाखासंग मागे पनि  हालसम्म नदिएको बताउनुभयो । मेयर टिकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीको मिलोमतोमा आर्थिक चलखेल भएको बताउँदै यसको भण्डाफोर गर्ने ढकालले बताउनुभयो । ‘मेयरको निर्देशन बिना यस्तो काम हुँदैन । एजेण्डामा नआएको कुरा निर्णय गराउने । अनावश्यक सामान खरिद गर्ने । सामान नआउँदै भुक्तानी दिने । यो सबै काम आर्थिक चलखेलका लागि भएको हो । यिनै विषयमा कुरा उठ्छ भनेर मेयरले ३ महिनासम्म कार्यपालिकाको बैठक बोलाउनु भएको छैन ।’  वडा नं. ९ का वडा अध्यक्ष समेत रहनुभएका ढकालले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।