२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा सडकपेटीका फुटपाथ हटाउँदै नगरपालिका

तुलसीपुर, १९ भदौ । दाङको तुलसीपुर बजारमा फुटपाथ व्यवसाय ब्यबस्थापन गर्नका लागि फुटपाथ व्यवसाय हटाउनुका साथै अटेरी गर्नेहरुको सामान जफत समेत गरिएको छ । आज विहान तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, नगरप्रहरी लगायतको टोलीले बजारलाई व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ हटाएको हो भने केही तरकारी, सडकमा राखेका बोर्डलगायतका सामग्री जफत गरेको छ । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर बेच्न थालेपछि त्यसलाई हटाउन आफूहरु नै पुगेको नगरप्रमुख टिकाराम खड्काले बताउनु भयो ।

बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध ग¥यो तर, उपमहानगरको अभियानलाई अटेर गरेपछि अटेर गर्नेको सामान नै जफत गरिएको उहाँले बताउनु भयो । बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काको भनाइ छ । अबदेखी बजारमा सटर भन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । आज सचेत गराइएको र फेरी जाँदा सटर भन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरीवाना समेत गरिने उहाँले बताउनुभयो ।

सटकपेटीमा सामान राख्नाले यात्रु बिच सडकमा हिड्नुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख चौधरीले बताउनुभयो । बजारलाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।