तुलसीपुर, १७ भदौ । रुसी सेनामा भर्ति भएका थप चार जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार पछिल्लोपटक विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापाको मृत्यु भएको हो ।
मृतकको ठेगाना खुलिनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको सङ्ख्या ४० पुगेको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।