तुलसीपुरमा काँचको सिसा बिजेका एकजनाको मृत्यु

तुलसीपुर, ८ भदौ ।  दाङको तुलसीपुरमा हातमा सिसा बिजेर एकजनाको मृत्यु भएको छ । गत श्रावन ३२ गते हातमा काँचको सिसा बिजेर सामान्य घाइते भएका तुलसीपुर–९ नयाँबस्तीका ५१ वर्षीय मोतिलाल सार्कीको गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घर नजिकैको जंगलमा च्याँउ खोज्न गएका सार्कीको दाहिने हातमा काँचको सिसा बिजेको मृतकका भतिज रमेश नेपालीले जानकारी दिनुभयो । ‘श्रावन ३२ गते जंगलमा च्याउ खोज्न गएको बेला अकंलको हातमा सिसा बिजेको थियो, । ‘उहाँले भन्नुभयो– त्यसपछी भदौ १ गते उपचारका लागी आँफै हिडेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जानुभयो । डाक्टरले हातमा बिजेको सिसा निकालेर सामान्य उपचार गरी सोही दिन घर पठाइदिनुभयो । त्यसको १ हप्ता पछि हिजो शुक्रबार अंकलको स्वास्थ्यमा एक्कासी समस्या देखिएर बेहोस हुनुभयो । अनि फेरी राप्ती प्रादेशिक अस्पतालमा लगेका थियौं । तर, डाक्टरले यहाँ उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज रिफर गर्नुुभयो । नेपालगञ्ज लैजादै गर्दा बाटोमै उहाँको मृत्यु भयो । यो घटनाले हामी सबैलाई अचम्मित बनाएको छ’ । सामान्य सिसा हातमा बिजेका विरामीको के कारणले यती छिटो मृत्यु भयो भन्ने बारेमा आफुहरुले केही बुझ्न नसकेको उहाँको भनाई छ ।

यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डाक्टर सुरेन्द्र केसीले भने विरामी बेहोस अवस्थामा अस्पतालमा आएकाले तत्काल रिफर गरिएको बताउनुभएको छ । ‘हामीसँग सिटि स्क्यानको व्यवस्था थिएन, विरामीको अवस्था गम्भिर थियो, त्यसैले तत्काल अन्यत्र पठाएका हौं’ ‘डा. केसीले भन्नुभयो–सिसा बिजेको १ हप्ता भइसकेको रहेछ । सिसा बिजेपछी एन्टिबायोटिक खानुपर्ने हुन्छ । यसअघि डाक्टरले दिएको औषधी उहाँले नखाएको पनि हुनसक्छ, नियमित ड्रेसिङ नगरेर पनि हुनसक्छ, उहाँको शरिर भरी पुरै सक्रमण फैलि सकेको थियों । ढिला गरी अन्तिम अवस्थामा अस्पताल आउनुभयो । सोही कारण उहाँको मृत्यु भएको हो’ । सानो घाउँ भनेर हेलचक्र्याइ गर्दा ज्यानै जानसक्ने खतरा हुने भन्दै डाक्टर केसीले शरिरमा कुनै किसिमको चोटपटक लागेमा अथवा सिसाहरु बिजेमा तत्काल अस्पताल जान र आफ्नो शरिरको ख्याल राख्न आग्रह गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया