२०८३ कार्तिक १२ गते बुधवार

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं, ३२ श्रावन ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका महेशकुमार मेहता र मोटरसाइकलको पछाडि बस्ने गौतमपुरकै जयप्रकाश मेहता रहेका प्रहरीले जनाएको छ ।

महेशको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप–१२ को धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले प्र १–०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । यस्तै दुर्घटना घाइते भएका ट्याङ्करका चालक सिरहाको कर्जना नगरपालिका–३ का मिथलेश यादवको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।