२०८३ कार्तिक ११ गते बुधवार

दाङमा सर्पको टोकाईबाट छोरीको मृत्यु, आमा गम्भिर विरामी

तुलसीपुर, ३० श्रावन ।  दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरमा आमाछोरी संगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उहाँकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको थियो ।

आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेपछी गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारकै क्रममा आज विहान साढे ५ बजेको समयमा इन्दुको मृत्यु भएको र उहाँकी आमाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको पनि अवस्था गम्भिर रहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।