२०८३ कार्तिक ११ गते बुधवार

सर्पले टोकेकामध्ये २५ प्रतिशतको मृत्यु

काठमाडौं, ३० श्रावन ।  बितेको दुई महिनामा सर्पले टोकेर विरामी भएकाहरुमध्ये २५ प्रतिशतको मृत्यु भएको छ । प्राधिकरणका अनुसार मनसुन सुरु भए यताको ६० दिनमा सर्पले टोकेर ११ जनाको मृत्यु भएको हो । यस अवधिमा सर्पदंशका ३८ वटा घटनामा ४४ जना विरामी भएका थिए । विरामीमध्ये उपचारका क्रममा ३३ जना बाचेँका छन् भने अन्यको मृत्यु भएको छ । सर्पले टोकेपछि समयमा अस्पताल पुर्याउने हो भने सत् प्रतिशत विरामीलाई बचाउन सकिने सर्पदंश उपचारमा संलग्न डाक्टरहरु बताउनछन् ।

तर सर्पले टोकेपछि धामी झाक्रीकोमा लैजादाँ उपचारमा ढिलो हुने र विरामीको मृत्यु हुने भएकाले सर्पले टोक्नासाथ सकेसम्म छिटो अस्पताल वा सर्पदंश केन्द्रमा लैजानुपर्ने डा. श्यामकुमार साहले बताउनुभयो । प्राधिकरणकाअनुसार गत १ वर्षमा सर्पले टोकेर ३४ जनाको मृत्यु भएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।