२०८३ कार्तिक ११ गते बुधवार

दाङ भ्याली यातायात प्रालिको अटेरीका कारण अटो व्यवसायी मर्कामा

तुलसीपुर, २९ श्रावन ।  दाङ भ्याली यातायात प्रालिको अटेरीका कारण अटो व्यवसायीहरु मर्कामा परेका छन् । प्रालिले नगरपालिकासँग अटो व्यवस्थापनको लागी सहमती गरेपनी अटो व्यवसायीलाई भने बसपार्क बाहिरै अव्यवस्थित पार्कीङमा हौसला दिइरहदा अटोहरु ट्राफिक प्रहरीको जरिवानामा पर्न थालेका हुन् । बसपार्क भन्दा बाहिर पार्कीङ गर्ने अटोलाई ट्राफिक प्रहरीले २ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ । दाङ भ्याली यातायात प्रालिले दुईथरी कुरा गर्दा आफुहरु धेरै समस्यामा परेको दाङ भ्यालीमै आवद्ध अटो चालकहरुले समेत गुनासो गरेका छन् । यसले गर्दा पनि तुलसीपुरको बजार व्यवस्थापन नगरपालिकाको लागी टाउकाे दुखाईको विषय बन्दै गएको छ । विशेषगरी अटो व्यवस्थापनमा कडाईका साथ एक्सनमा उत्रिएको नगरपालिकाले अहिलेसम्म उदेश्य अनुरुप सफलता हासिल गर्न सकेको छैन ।

दाङ भ्याली यातायात प्रालिको असयोगका कारण बजार व्यवस्थापनमा कठिन भइरहेको तुलसीपुर उपमहानगरपालिका बजार व्यवस्थापन समितिका सदस्य तथा तुलसीपुर–६ का वडासदस्य यमराज केसीले बताउनुभयो । तर, दाङ भ्यालीले लिखित रुपमा एउटा सहमती गरी व्यवहारमा तदारुकता नदेखाउदा आफ्नै अटो व्यवसायीहरु मर्कामा परिरहेको बजार व्यवस्थापन समितिका संयोजक विकास नेपालीको भनाई छ । एउटा प्रालिका कारण बजार अव्यवस्थित हुनुका साथै धेरै अटो चालकहरु ट्राफिक प्रहरीको जरिवानामा परिरहेको भन्दै यसमा प्रालि गम्भिर हुनुपर्ने उहाँले बताउनुभयो । सम्पुर्ण अटो व्यवसायीको हितका लागी पनि सबै प्रालिलगाएत अटो व्यवसायीहरु एक हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सबै समितिलाई रुट अनुसारको लोगो उपलब्ध गराएपनि दाङ भ्यालीले अटेरी गरेर आफ्ना व्यवसायीलाई लोगो नदिदा समस्या भएको बजार व्यवस्थापन समितिले जनाएको छ । ट्राफिक प्रहरी र बजार व्यवस्थापन समितिले लोगो नलगाएको भनेर कारवाही गर्न खोज्दा अटो चालकहरुले समितिबाटै लोगो नपाएको बताएका छन् ।

तुलसीपुरमा रहेका ५ वटा यातायात प्रालिले नगरपालिकासँग अटो व्यवस्थापन गर्ने सहमतीमा हस्ताक्षर गरेपनि कार्यान्वयन पक्षमा भने दाङ भ्यालीले सहयोग नगरेको बजार व्यवस्थापन समितिको भनाई छ । तुलसीपुरका ५ वटा यातायात प्रालि मध्य सार्वजनिक कालिका मालिका यातायात प्रालिका अध्यक्ष दिलिप बिक, पश्चिम छहरा यातायात प्रालिका अध्यक्ष बाबुराम विस्वकर्मा, रोज यातायात प्रालिका अध्यक्ष लाल बहादुर बुढाथोकी र नमस्ते एकता यातायात प्रालिका अध्यक्ष रोमहर्स केसीले कुनैपनि अटो व्यवसायीलाई मर्का नपर्ने गरी सबैले एउटै नियम लागु गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । बसपार्क भित्र पार्कीङ गरे सबैले गर्नुपर्ने नगरे कसैले पनि नगर्ने उनीहरुको भनाई छ । अटो चालकहरुले पनि कसैले बसपार्क भित्र पार्कीङ गर्ने सकैले बाहिरैबाट यात्रु चडाउने गरेकाले समस्या भएको भन्दै सबैलाई एउटै नियम लागु गर्नुपर्ने बताएका छन् ।

यता दाङ भ्याली यातायात प्रालिका अध्यक्ष वेदप्रकास वलीले भने अटो व्यवसायीलाई दोष देखाएर आफु पञ्छिन खोज्नुभएको छ । आफुहरुले बसपार्क भित्रै पार्कीङ गर्ने भनेर नगरपालिकासँगको सहमतीमा हस्ताक्षरसमेत गरिसकेको भन्दै अटो व्यवसायी (अटो चालक) हरुले नमान्दा समस्या भएको बताउनुभएको छ । आफ्नो प्रालिमा आवद्ध अटो चलकलाई कन्भेन्स गरेर बसपार्क भित्र पार्कीङ गर्न लगाउने कुरामा आफु सकारात्मक रहेको उहाँले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।