२०८३ कार्तिक ११ गते बुधवार

चक्कु देखाएर सुन र पैसा लुटपाट गर्ने पक्राउ

काठमाण्डौ, २९ श्रावन ।  पोखराको लेकसाइडमा चक्कु देखाएर एक महिलाबाट सुन र पैसा लुटिएको छ । बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले २ तोलाको सिक्री र १२ हजार र ज्याकेटसमेत चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले तत्कालै घटनामा संलग्नहरूलाई पक्राउ गरेको छ । पोखरा १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षका रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास घर भइ पोखरा ५ बस्ने १८ वर्षका अनिश भट्ट पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल बरामद भएको छ । यस्तै, सिक्री बेचेर बाँकी रहेको रकम १ लाख ३ हजार ५ सय पनि बरामद गरेको छ । उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।