२०८३ कार्तिक ११ गते बुधवार

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डौं, २४ श्रावन ।  एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिलाई ३० दिनको कार्यादेश दिइएको छ । हिजो दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियो ।।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।