२०८३ कार्तिक ११ गते बुधवार

डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाउने नागरिक पक्राउ

काठमाडौं, २३ श्रावन ।  अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्र इरानसँग जोडिएको बताउनुभएको हो ।

४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा गोली हान्ने मानिस भाडामा लिने प्रयास गरेको आरोप लगाइएको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले गत महिना ट्रम्पको सुरक्षा बढाएका थिए । आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।