बुटवल, २३ श्रावन । बंगलादेशमा विकसित पछिल्लो घटनालाई मध्यनजर गर्दै रुपन्देहीका सीमामा विशेष निगरानी गरिएको छ । केन्द्रीय सुरक्षा समितिले सिमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएपछि मंगलबारदेखि रुपन्देहीका सीमाहरूमा पनि उच्च सुरक्षा सतर्कता बढाइएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल–भारत सिमानाकामा भइरहेको गतिविधि र आवतजावतलाई निगरानी गरिएको बताउनुभयो । सिमानामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाइएको छ । बंगलादेशमा विद्यार्थीहरूले आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नुभएको छ ।।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।