काठमाण्डौं, २२ श्रावन । बागलुङमा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा गरी अहिलेसम्म आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । पहिरोमा परी वडा नम्बर १० मा मालती बुढा, मधु बुढा, सञ्जु विकको ६ महिने छोरी, मनोज बुढा, अमन बुढा र मैतीदेवी विकको मृत्यु भएको छ भने वडा नम्बर ९ मा विधान परियार र गङ्गा बस्नेतको मृत्यु भएको छ ।
यस्तै पहिरोमा परी वडा नम्बर १० का सात जना घाइते भएको र तीमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमा काठमाण्डौ पठाइएको बताइएको छ । पहिरोमा परी थप दुई जना बेपत्ता भएका छन् । अहिले घटनास्थलमा प्रहरी, सेना र बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली उद्धारमा खटिएको छ ।।
प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।